
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सिनामंगलस्थित एभिएसन म्युजियमको अवलोकन गर्नुभएको छ ।
उहाँ एभिएसन म्युजियममा गरिएको विज्ञान प्रदर्शनी कार्यक्रमका लागि त्यहाँ पुग्नुभएको थियो । उहाँले एभिएसन म्युजियममा पुगेर नयाँ, रोचक र उत्साहपूर्ण काम देख्न पाएको बताउनुभयो ।
२०७१ फागुन २० गते अवतरणका क्रममा त्रिभुवन विमानस्थलमा चिप्लिएर दुर्घटना भएकोे टर्किस एअरको अत्याधुनिक हवाइजहाज एअरबस ३३० विमानलाई संग्रहालयमा परिणत गरिएको छ । पच्चीस अर्ब ६४ करोड नेपाली रुपैयाँ बराबर पर्ने करिब आठ महिनामात्रै उडेको यो विमान क्याप्टेन वेद उप्रेतीको पहलमा संग्रहालयमा परिणत भएको हो ।
सिनामंगलको सडक छेवैमा रहेको यो संग्रहालय नेपालको पहिलो हो । यसभित्र विभिन्न देशका थरिथरिका नमूना जहाजको संग्रह राखिएको छ । विश्वकै रेकर्डमा यति ठुलो एअरबसमा संग्रहालय बनाइएको पहिलो भएको बताइउको छ । यो म्युजियम, वेद उप्रेती ट्रष्ट र नेपाल नागरिक उड्डयन प्रधिकारणको सहकार्यमा बनेको हो । जहाज संग्रहालयभित्र ५ खण्ड छन् ।
करिब सात करोडको लागतमा संग्रहालय बनाइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्