
फाइल तस्बिर
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लवले मुगुका स्थानीय तहमा स्वतन्त्र उम्मेदवार उठाएको छ ।
विप्लव नेतृत्वको नेकपाले छायानाथ रारा नगरपालिका वडा नम्बर १२ र १४ मा स्वतन्त्र वडा अध्यक्ष उठाएको हो ।
छायानाथ रारा नगरपालिका वडा नम्बर १२ मा भैरव बुढाले स्वतन्त्र पदबाट उम्मेदवारी दर्ता गराएका छन् । सोही वडाका हुकुमसिंह सावत र खड्क रोकायाले सदस्यमा मनोनयन दर्ता गराएका छन् ।
नगरपालिकाको वडा नम्बर १४ मा वडा अध्यक्ष पदमा धनमासिंह बढुवालले मनोनयन दर्ता गराएका छन् । सदस्यमा रंग बढुवाल र सक्क बढुवालले मनोनयन दर्ता गएको नेकपा विप्लवका मुगु नगर इन्चार्ज गणेश सावत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्