१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाल्पामा स्थानीय तह निर्वाचनका लागि १४ दलद्वारा उमेदवारी मनोनयन दर्ता


117
Shares

पाल्पा । पाल्पाका १० वटै स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा १४ राजनितिक दल तथा स्वतन्त्र व्यक्तिहरूले उमेदवारी मनोनयन दर्ता गरेका छन् ।

५ दलिय गठबन्धन अन्तर्गत नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले भागवण्डा अनुसार उमेदवारी मनोनयन दर्ता गरेका छन् ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, उन्नत लोकतन्त्र पार्टी, नेपाली कांग्रेस वीपी, सामाजिक एकता पार्टी र नेकपा माले पार्टीका व्यक्तिले पनि उमेदवारी मनोनयन गरेका छन् ।

उमेदवारी मनोनयन दर्ताको लागि ५ दलिय गठबन्धन, नेकपा एमाले र राप्रपाले कार्यकर्ताको साथमा नारा जुलुस गर्दे निर्वाचन अधिकृतको कार्यालयमा पुगी उमेदवारी दर्ता गरेका थिए ।

उमेदवारी मनोनयनको काम शान्तिपूर्ण रूपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ । उमेदवार मनोनयको लागि निर्वाचन अधिकृतको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यको लागि छुट्टा–छुट्टै मनोनयनको व्यवस्था गरेको थियो ।