१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


दिउँसो-राती मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना


1.573k
Shares

काठमाडाै‌ । हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। 

आज (मंगलबार) बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाेछ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे  छ ।

मंगलबार दिउँसो भने  देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश-१ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ। 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भू-भागका केही स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। मंगलबार राती भने देशको पहाडी भू-भागमा आंशिक बदली  रहनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ।

साथै गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।