३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


च्याम्पियन्स लिगको सेमिफाइनल आजबाट सुरु


520
Shares

काडमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलका खेलहरु आज (मंगलबार) बाट सुरु हुने भएका छन ।

यसपटक सेमिफाइनलमा दुई इंग्लीश क्लबहरूले दुई स्पेनिस क्लबसँग प्रतिस्पर्धा गर्दैछन् । मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा म्यान्चेस्टर सिटीको भिडन्त रियाल मड्रिडसँग हुनेछ ।

दुवै टोली आ–आफ्नो देशको लिगको साविक विजेता हुन् भने जारी सिजनमा पनि लिग लिडर हुन् । क्वाटरफाइनलमा म्यान्चेस्टर सिटीले स्पेनकै अर्को टोली एथ्लेटिको मड्रिडलाई हराएको थियो भने रियाल मड्रिडले इंग्ल्याण्डको चेल्सीलाई पाखा लगाएको थियो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भाेली (बुधबार) राती लिभरपुलले भियारियालसँग खेल्नेछ ।