२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको गफ दिन कांग्रेसलाई आएन : विश्वप्रकाश शर्मा


3.367k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्र बारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काउनुभएको छ ।

उहाँले नेपाली कांग्रेसले जमिनमा टेकेर गर्न सकिन कामहरुमात्र घोषणापत्रमा उल्लेख गरेको भन्दै एमालेले जस्तो हावादारी घोषणापत्र तयार गर्न नसकिएको टिप्पणी गर्नुभएको छ ।

उहाँले एमाले घोषणापत्रलाई उडन्ते गफ जस्तो हावामा उडिरहने भएको बताउनुभयो ।

मंगलबार सामाजिक सञ्जालमा शर्माले लेख्नुभएको छ, ‘जिम्मेवार सपना त्यो होइन जो उडन्ते गफ जस्तो हावामा उडिरहन्छ, सपना त्यो हो जो जिम्मेवार ढंगले धरातलमा उभिन्छ १ ञजमिनमा टेकेर गर्न सकिने कामहरूझ मात्रै उल्लेख कांग्रेसको घोषणापत्र श्रद्देय केपी शर्मा ओली लाई मन परेन ठिकै छ। तर कम्तिमा बिषयको बहसमा आउन चाहेकोमा धन्यवाद छ उहाँलाई !’

शर्माले एमाले अध्यक्ष ओलीले मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन खोजेको भन्दै त्यसलाई उनले उडन्ते सपनाहरुको गफको पुलिन्दाको संज्ञा दिनुभएको छ ।

‘मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन मात्रै बाँकी राख्नु भएको छु ओलीलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘माफ गर्नोस् श्रद्देय कमरेड ञउडन्ते सपनाहरुको गफको पुलिन्दाझलेख्न कांग्रेसलाई आएन !’

चुनावी मैदानमा घोषणापत्रदेखि उम्मेदवारको चरीत्रसम्मको चिरफार गर्न उहाँले आग्रह गर्नुभएको छ । खरा प्रश्न गर्न जनतालाई अपील गर्न र जिम्मेवार ढंगले जवाफ पेश गर्न उहाँले आग्रह गर्दै, ‘तर मर्यादा भन्दा तल गालिमा नझरौं १झसानोदेखि लागेको बानीझ भनेर निर्वाचन आचारसंहिताले उच्च तहलाई पनि घृणास्पद अभिव्यक्तिको छुट दिंदैन, चेतना भया !’

मंगलबार एमाले अध्यक्ष ओलीले कांग्रेस घोषणा पत्रलाई ुपागलहरुको प्रलापु भनेर टिप्पणी गरेका थिए ।