१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


गोलबजार नगरपालिकामा पुरानै उम्मेदवार


351
Shares

काठमाडौं । ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा गोलबजार नगरपालिकामा पुरानै अनुहार उम्मेदवार बनेका छन् ।

माओवादी केन्द्रले आगामी निर्वाचनमा पनि निवर्तमान नगर प्रमुख देवनाथ साह र उपमेयर रेशम कुमारी थापालाई नै दोहर्याएको छ । पार्टीले १३ वटै वडामा उम्मेद्वारी दिएको छ। नेकपा माओवादी केन्द्रले यस पालिकामा नगरप्रमुख , उपप्रमुखसहित ९ वटा वडा अध्यक्ष जितेको थिए ।

यता, नेकपा माओवादीकै प्रदेश सदस्य रामचन्द्र महतोले ८ वटा वडासहित मेयर र उपमेयर पदमा पार्टीको वागी उमेदवार (स्वतन्त्र)बाट उम्मेद्बारी दर्ता गराएका छन् ।

नेकपा एमालेको तर्फबाट मेयर पदमा श्याम श्रेष्ठ र उपमेयरमा मानती साहले उम्मेद्वारी दिएका छन् । नेकपा एमालेले पनि सबै वडामा उम्मेद्वारी दिएको छ। श्रेष्ठले ७४ को निर्वाचनमा पनि उम्मेद्वारी दिएका थिए ।

नेपाली कांग्रेसको तर्फबाट राजदेव साह लालबावु मेयर र उपमेयरमा शान्ति सदाले मनोनयन दर्ता गराएका छन् । तीनवटै पार्टीले सबै वडाहरुमा उम्मेद्वारी दिएका छन् । साहले पनि ७४ मा कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिनुभएको थियो ।

जनता समाजवादी पार्टी तर्फबाट मनोज सिंह मेयर र शिला देवीयादवले उपमेयरमा उम्मेद्वारी दिएका छन् ।

नेकपा एकीकृत समाजवादीबाट धर्मनाथ महतोले मेयर र गोमा कुमारी लम्साल उपमेयरको उम्मेदवारी दिएका छन् ।