२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कांग्रेसका क्षेत्रीय सचिव समाजवादीबाट उम्मेदवार


481
Shares

काठमाडौं । नेपाली कांग्रेस मकवानपुरका क्षेत्रीय सचिव नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।

कांग्रेसको मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ सचिव नवराज पौडेल नेकपा एसबाट मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष पदको उम्मेदवार बन्नुभएको हो । कांग्रेस परित्याग गर्दै उनी एकीकृत समाजवादीबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएको हो । प्रदेश सभापति रञ्जन कालाखेती भने मनहरी गाउँपालिकामा कांग्रेसबाटै पालिका अध्यक्षको उम्मेदवार रहनुभएको छ ।

मनहरीको १ नम्बर वडाको सबै घरमा स्वास्थ्य वीमा कार्यक्रम पुर्‍याउने, जग्गाको लालपूर्जा नपाएकाहरुलाई लालपूर्जा व्यवस्था गर्ने लगायतका योजना रहेको उहाँले सुनाउनुभयो ।

पौडेलले आफ्नो सेवासुविधाको रकम सबै नागरिकको सेवामा लगानी गर्ने र १० प्रतिशत सामाजिक क्षेत्रमा लगाउने बताउनुभयो ।