१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


हेलिकप्टरबाट पर्यटकको उद्धार


0
Shares

खाँदबारी, चैत १९ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ बाह्रेबीसेबाट पाँच विदेशी पर्यटकको बुधबार अपराह्न उद्धार गरिएको छ ।

मकालु हिमाल पदयात्राका लागि सङ्खुवासभा आएका ती पर्यटकलाई कैलाश एयरको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि विभिन्न देशका  पर्यटक सभापोखरी गाउँपालिकामै रोकिएका थिए ।

कैलाश एयरको हेलिकप्टरबाट अष्ट्रेलिया र क्यानडाका दुईदुई तथा  फ्रान्सका एक नागरिकलाई काठमाडौँ पठाइएको प्रहरी निरीक्षक राईले बताए । रासस