
काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भएकाे टिकट वितरणमा कार्यकर्ताप्रति समानरुपले न्याय नभएको बताउनुभएको छ ।
आज (बुधबार) बिहान एक विज्ञप्ति जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो । विशेषगरि टिकट वितरणमा एउटा मापदण्ड बनाउँदा पार्टी कार्यकर्तामाथि अन्याय भएको उहाँको तर्क छ ।
देशभरबाट टिकट वितरणको विषयलाई लिएर कार्यकर्ताको असन्तुष्टि भइरहेको समेत उहाँले बताउनुभएको छ । जीवनभर काँग्रेसको सिद्धान्त, मूल्य पद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरु यतिखेर पार्टी छाडि अन्य पार्टीमा ओत लागेको विज्ञप्तिमा भनिएको छ । साथै टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता समेत भएको सार्वजनिक भइरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्