१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


हेटौँडामा एकजनाको मृत्यु


0
Shares

हेटौँडा, चैत १९ । मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा बुधबार ना ६३ प ५६९८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मोरङको हरैचा नगरपालिका–८ बस्ने वर्ष ३२ की विन्दा घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार अनियन्त्रित भइ सडक छेउको नालीमा खस्दा मोटरसाइकल चालक लिलामणी घिमिरे र विन्दा सवार मोटरसाइकल दुर्घटना हुँदा विन्दाको उपचारका क्रममा मृत्यु भएको छ, भने लिलामणीको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस