१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो


0
Shares

काठमाडौं, चैत १९ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु. १० का दरले घटाएको छ ।

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो । घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु. ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु. ९६ तोकेको छ । हवाई इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु. १५ ले मूल्य समायोजन गरिएको छ । निगमले आन्तरिकतर्फको

वाई इन्धनको मूल्य प्रतिलिटर रु. ७५ तोकेको छ ।

यस्तै बाह्य उडानतर्फ हवाई इन्धनको मूल्य ०.९५ अमेरिकी डलर तोकिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको छ । रासस