
काठमाडौं । कारोबार हुने साताको चौथो दिन शेयर बजारमा सामान्य सुधार आएको छ ।
बुधबार बजार परिसूचक नेप्से ५.१७ अंकले बढेर २३७६.१७ विन्दुमा पुगेको छ । ठूला कम्पनीहरूको कारोबार हेर्ने बजार सेन्सेटिभ इन्डेक्स पनि १.६१ अंकले बढ्दा ४५४.५६ विन्दुमा पुगेको छ ।
बजार बढे पनि कारोबार रकम भने बढ्न सकेन । यसदिन २२८ कम्पनीको २८ लाख ५० हजार ३९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ९९ लाखको कारोबार भएको छ ।
बजार सामान्य बढ्दा धेरै समूहका उपसूचक हरियो भएका छन् । होटल तथा पर्यटन ३६.७४, विकास बैंक ७५.०१, निर्जीवन बीमा ३०.६९, विकास तथा उत्पादन २२.३४, जलविद्युत् १४ अंकले बढ्दा बैंक २.८५, व्यापार ५.३९ र माइक्रोफाइनान्स ३.५५ अंकले ओरालो लागेको छ ।
केही दिन अघि मात्र आईपीओको नतिजा निकालेको जाल्पा लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाएर सकारात्मक सर्किट हानेको छ । नेपाल फाइनान्सका लगानीकर्ताको पुँजी पनि लगभग ७ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्