१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जाका एघारमध्ये पाँच पालिमा पुरानै अनुहार दोहोरिने


247
Shares

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जाका एघार पालिकामध्ये पाँच पालिकाको प्रमुख/अध्यक्षमा पाँच पुरानै अनुहारले मनोनयन दर्ता गरेका छन् ।

पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जाका वालिङ, पुतलीबजार नगरपालिका तथा फेदीखोला, कालीगण्डकी, हरिनास गाउँपालिकाको प्रमुखमा पुरानै उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।

वालिङ नगरपालिकाको प्रमुखमा दिलीपप्रताप खाँण, पुतलीबजार नगर प्रमुखमा सीमाकुमारी क्षेत्री, फेदीखोलाको अध्यक्षमा घनश्याम सुवेदी, कालीगण्डकीको अध्यक्षमा खिमबहादुर थापा, हरिनासको अध्यक्षमा खिमनारायण मानन्धरले पदबाट राजीनामा दिएर सोही पदमा पुनः मनोनयन दर्ता गर्नुभएको हो ।

खाँण नेपाली कांग्रेसबाट यसअघि विजयी हुनुभएको थियो भने क्षेत्री, सुवेदी, थापा, मानन्धर यसअघिको निर्वाचनमा नेकपा एमालेबाट विजयी हुनुभएको थियो ।

त्यस्तै उपप्रमुख÷उपाध्यक्षमा पुतलीबजार नगरपालिकामा महेश पुरी, गल्याङ नगरपालिकामा देवीसरा थापा, कालीगण्डकी गाउँपालिकामा सावित्रा कोइरालाले सोही पदमा मनोनयन दर्ता गर्नुभएको हो ।

सोही पदमा दोहोरिनका लागि उम्मेदवारी दिने पुरी, थापा, कोइराला यसअघिको निर्वाचनमा नेकपा एमालेबाट विजयी हुनुभएको थियो ।