१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सहकारी दिवस मनाउने रकम कोरोना कोषमा


0
Shares

कास्की, चैत १९ । जिल्ला सहकारी सङ्घ कास्कीले यस वर्षको ६३ औँ राष्ट्रिय सहकारी दिवस नमनाउने भएको छ ।

कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण सङ्घले कार्यक्रम नगरी सो दिवसका लागि खर्च हुने रु दुई लाख दुई हजारमध्ये प्रदेश सरकारले स्थापना गरेको  कोरोना भाइरस रोकथाम व्यवस्थापन तथा उपचार कोषमा रु एक लाख एक हजार तथा नेपाल रेडक्रस सोसाइटी असहाय रक्त सहायता कोषमा रु. एक लाख एक हजार जम्मा गर्ने निर्णय गरेको छ ।

“दिवसको अवसरमा रक्तसहायता र कोरोना उपचार कोषमा रकम जम्मा गर्ने निर्णय गरेका छौँ, सबै सदस्यलाई समेत रकम जम्मा आग्रह गर्न गरेका छौँ”, सङ्घका अध्यक्ष रविरमण तिवारीले भने ।

सङ्घले जिल्लामा रहेका सम्पूर्ण सहकारी संस्थालाई सो कोषमा रकम जम्मा गर्न आह्वान गरेको  छ । रासस