
काठमाडौं । चितवनको माडी नगरपालिकामा नेकपा (एमाले) र राप्रपाबीच चुनावी तालमेल भएको छ ।
एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
माडीमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
दुवै पार्टीले माडीमा एक कार्यक्रमको आयोजना गरी तालमेलको सहमति अनुसार उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
उम्मेदवारी फिर्ता कार्यक्रममा बोल्दै उपमेयरका उम्मेदवार आचार्यले पार्टीको एक असल कार्यकर्ता भएको नाताले तालमेलको भावना अनुसार उम्मेदवारी फिर्ता लिएर पार्टीलाई सहयोग गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्