१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पशुपति मन्दिरको दक्षिण द्वार बन्द गरिने


1.898k
Shares

काठमाडौं । पशुपतिनाथको दक्षिण द्वार आमदर्शनार्थीहरुका लागि बन्द गरिएको छ ।

पशुपतिनाथ मन्दिरको दक्षिण द्वारबाट मन्दिरमा अत्यावश्यक काम बाहेक अन्य भक्तजन तथा दर्शनार्थीहरुलाई मन्दिर दर्शन गर्न रोक लगाइएको हो ।

अन्य भक्तजन तीर्थयात्रीहरुलाई पश्चिम द्वार र कोर क्षेत्रको २ नम्बर गोल्डेन गेटबाट मन्दिर प्रवेश गर्ने प्रवन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

कोषले कोषका कर्मचारी, मन्दिरका मूल पुजारीसहित मन्दिर परीसरका अन्य पुजारी, सुरक्षामा खटिने सुरक्षाकर्मी र रकमी कर्मचारीले मात्र दक्षिण द्वारबाट प्रवेश पाउने व्यवस्था मिलाएको जनाएको छ ।

साथै कोषले विशेष चाडका दिनहरुमा भने मन्दिरका सबै ढोकाहरु आम दर्शनार्थीहरका लागि पनि व्यवस्थित रुपले खोलिने पनि बताएको छ ।