१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


२२ महिने कार्यकाल सफल भयो : शैलेश थापा


299
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापाले आफ्नो २२ महिने कार्यकाल सफल भएको बताउनुभएको छ ।

आफ्नो कार्यकालमा प्रहरीको अपराध अनुसन्धानतर्फ सोचेको भन्दा धेरै सफलता मिलेको महानिरीक्षक थापाले बताउनुभयो ।

कोरोना संक्रमणको विषम परिस्थितीमा पनि नेपाल प्रहरीले आफ्नो ज्यान जोखिममा राखेर आमजनतालाई दिएको सेवाले संस्थाप्रतिको विश्वसनियता थप बलियो भएको उहाँले बताउनुभयो ।

आउँदो १८ गतेदेखि अनिवार्य अवकास लिन लाग्नुभएका महानिरीक्षक थापाले त्यसअघि आफ्नो कार्यकालमा भएका कामको विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्नुभएको थियो ।