
जुम्ला । जुम्ला हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडपमा एक जना घाइते भएका छन् ।
उपाध्यक्षको टिकटको विषयलाई लिएर स्वतन्त्र उम्मेदवार र पार्टीको उम्मेदवार पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । नेकपा माओवादी केन्द्रले जिल्लाबाट दुई जनाको नाममा टिकट आएपछि दुईपक्षबीच झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार कल्पना परियारले माओवादी केन्द्रको उपाध्यक्षमा पहिला उम्मेदवारी दर्ता गराएको र अर्को विनसा रोकायाको नाममा समेत उपाध्यक्षको नाममा पार्टीको टिकट आएपछि उनको उम्मेदवारी रोकिएको थियो ।
रोकायाले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको थियो । प्रहरी निरीक्षकका अनुसार सो विषयलाई लिएर दुई पक्षबीच झडप झडप भएको छ । झडपमा ढुंगा प्रहारबाट हिमा गाउँपालिका–६ निवासी अन्दाजी ४५ वर्षीय छत्र अधिकारी घाइते भएका छन् ।
त्यस्तै विनसा रोकायाले आफूलाई पार्टीले निर्णय गरेर पठाएपछि टिकट लिएर लाइनमा बसेको थिए । तर, केही व्यक्तिले अर्को टिकट लिएर कल्पनाको दर्ता गराएकाले आफू पीडित भएको विनसाले बताउनुभयो ।
प्रहरीका अनुसार घाइते अधिकारीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ । कल्पना परियार उपाध्यक्षमा उम्मेदवारी दिएपछि विनसाले उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झडप भए पनि प्रहरी निरीक्षक भट्टसहितको टोली हिमामा पुगेको छ ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गजेन्द्रबहादुर महतले टिकट विनसालाई दिएको भए पनि स्थानीय तहमा कल्पनाको दर्ता गराइसकिएकाले समस्या समाधान गरिनुपर्ने बताउनुभो ।
नेकपा (माओवादी केन्द्र)ले २०७४ सालको स्थानीय तहमा अध्यक्षसहित बहुमत विजय हासिल गरेको थियो । यो वर्ष वडामै पनि स्वतन्त्र दिनेको संख्या बढेको छ । यसले गर्दा नेकपा माओवादी केन्द्रलाई हिम गाउँपालिकामा विजयी हातपार्न चुनौती देखिएको छ
प्रतिक्रिया दिनुहोस्