२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


स्याङ्जामा एक हजार ५ सय ४७ को उम्मेदवारी


247
Shares

स्याङ्जा । ११ स्थानीय तह रहेको स्याङ्जामा स्थानीय तहको निर्वाचनका लागि एक हजार ५ सय ४७ को उम्मेदवारी परेको छ ।

पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा कूल पाँच सय सात जनाका लागि एक हजार ५ सय ४७ को उम्मेदवारी परेको हो ।

मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलका अनुसार पालिका प्रमुख र अध्यक्षमा ६७ जना, उपप्रमुख र उपाध्यक्षमा ५० जना, वडाध्यक्षमा ३ सय ५१ जना, खुला सदस्यमा ५ सय ८० जना, महिला सदस्यमा २ सय ६५ जना र दलित महिला सदस्यमा २ सय ६५ जना गरी कूल एक हजार ५ सय ४७ को उम्मेदवारी परेको हो ।

जिल्लामा सबैभन्दा थोरै फेदीखोला गाउँपालिकामा ७४ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा २ सय ६० जनाको उम्मेदवारी परेको छ ।