
काठमाडौं । गायिका समीक्षा अधिकारीले दुई महिनापछि सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेकी छन् ।
कवितात्मक स्टाटसमा उनले आफू कसैको मायामा डुबेको भाव पोखेकी छन् । गायिकाले आफ्नो स्टाटसमा प्रेमीलाई जिताउनका लागि आफू हार्न पनि सक्ने बताएकी छन् ।
स्टाटससँगै उनले भावुक मुद्राको तस्बिरसमेत शेयर गरेकी छन् । शुरुमा कवितात्मक स्टाटस मात्र लेखेकी उनले पछि त्यसलाई सम्पादन गर्दै ‘शब्द÷संगीतको काम हुँदै’ भनेर थपेकी छन् ।
फेसबुकमा उनले फेब्रुअरी १७ मा ढाकाटोपी शिरमा रिबन बोलको गीत शेयर गरेकी थिइन् । त्यसपछि उनी सामाजिक सञ्जालमा निस्क्रिय छिन् ।
यस्तो छ उनको स्टाटस–
तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
तिम्रो जितको उत्सव मनाउने मान्छे हुँ म
त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु
प्रतिक्रिया दिनुहोस्