१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेप्सेमा दोहोरो अंकको गिरावट, जाल्पा लघुवित्तलाई फाइदै–फाइदा


182
Shares

काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

बुधबार केही बढेको बजार परिसूचक नेप्से बिहीबार (आज) २० अंकले ओरालो लागेर २३ सय ५६ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको बजार परिसूचक सेन्सेटिभ इन्डेक्स ४ अंकले ओरालो लागेर ४ सय ५० विन्दुमा आइपुगेको छ ।

यसदिन जीवन बीमा समूहको उपसूचक १५५ अंकले आरोला लाग्दा बाँकी समूहका पनि दोहोरो र एकल अंकले ओरालो झरेका छन् ।

नेप्से घटे पनि बुधबारको तुलनामा बिहीबार कारोबार रकममा भने केही सुधार आएको छ । बुधबार १ अर्ब ८ करोडको कारोबार भएकोमा बिहीबार १ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

जाल्पा लघुवित्तका लगानीकर्ताले आज १० प्रतिशतले कमाउँदा कुनै कम्पनीले पनि ५ प्रतिशतभन्दा बढी कमाएका छैनन् ।