
web pic
काठमाडौं । दाङमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका-३ चोरखोलामा बिहीबार दिउँसो रोल्पाको जुँगारबाट दाङको तुलसीपुर आउँदै गरेको जीप दुर्घटनामा परेको हो ।
घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटनामा परेको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।
घाइते १३ जना मध्ये तीन जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ । केही घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्