२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा न्यौपाने


611
Shares

हेटौंडा । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन हुनुभएको छ ।

बुधबार एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलसहित सचिवालय सदस्यहरूले पार्टी परित्यागको घोषणा गरेका थिए ।

केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज न्यौपानेलाई बिहीबार बसेको पार्टीको सचिवालय बैठकले अध्यक्ष चयन गरेको हो ।