१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्ट फेस्टिबलमा विभिन्न १७ स्कुलका ६२ विद्यार्थीले सहभागी


65
Shares

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको आर्ट फेस्टिबलमा विभिन्न १७ स्कुलका ६२ विद्यार्थीले सहभागिता जनाएका छन् ।

चीनको हाङचोउमा हुने एसियाली खेलकुद प्रचार प्रसारका क्रममा आर्ट फेस्टिबलको आयोजना गरिएको हो । विश्व खेलकुदका ठूलो महोत्सव अगाडि विद्यार्थी सम्मिलित यस्तो महोत्सव आयोजना गर्ने परम्परा छ ।

सोही परम्पराअनुसार हान्जाउमा आयोजना हुन लागेको एसियन गेम्सको सहयोग र साथका लागि आयोजना गरिएको नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष चतुरानन्द राज वैद्यले जानकारी दिनुभयो ।

फेस्टिबलमा १७ स्कुलका विद्यार्थीको सहभागिता रहेको थियो । यी सबैलाई एक सातापछि प्रदर्शनमा राखिने जनाइएको छ । यसमा सहभागी हुनेमध्येबाट छात्रतर्फ ५ र छातात्रर्फ ५ उत्कृष्ट चयन गरिनेछ ।

यसलाई ओलम्पिक काउन्सिल अफ एसियामा पठाइनेछ । काउन्सिलले थप छनोट गर्दै हाङचोउमा हुने प्रदर्शनमा राख्ने जनाइएको छ ।