
नवलपुर । मत माग्न घरदैलो अभियानमा रहेका उम्मेदवारलाई नवलपुरका स्थानीयले जग्गा धनी पुर्जा दिएका छन् ।
नवलपुरको देवचुली नगरपालिका–४ का स्थानीयले मत माग्न घर दैलोमा आएका उम्मेदवालाई जग्गा धनी पुर्जाको नमुना दिएका हुन् ।
नेकपा एमालेबाट देवचुली नगरपालिका नगर प्रमुखका उम्मेदवार हरि न्यौपाने, उपप्रमुखका उम्मेदवार पार्वता तिवारीसँगै आएका अन्य उम्मेदवारलाई ९४ वर्षीय ठगुमाया ढकालले लालपूर्जाको नमूना दिनुभएको हो ।
लामो समयदेखि सुकुम्बासी समस्या समाधान हुन नसकेको भन्दै स्थानीयहरुले विरोध स्वरुप लालपूर्जाको नमूना दिएका हुन् ।
अघिल्लो निर्वाचनमा लालपूर्जाको विषयलाई मुख्य मुद्दा बनाएका राजनीतिक दलहरुले पाँच वर्षमा भूमीहिनको पक्षमा केही पनि काम नगरेको स्थानीयको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्