
काठमाडौं । व्यवसायिक उडानको तयारीका क्रममा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० पुगेको छ ।
दिउँसो तीन बजे उड्ने भनेको जहाज अबेर गरी उडेको थियोे । जहाज ५ः५५ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
यो उडान परीक्षणका रुपमा गरिएको हो । त्रिभुवन विमानस्थलको विकल्पका रुपमा तयार भएको यो विमानस्थलमा काठमाडौंकै क्षमतामा जहाजहरु उडान तथा अवतरण गर्न सकिन्छ ।
गौतमबुद्ध विमानस्थलमा २ जेठबाट नियमित उडान गर्ने तयारी रहेको छ । यो उडानमा पर्यटनमन्त्रीसहित पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरणसहितका प्रतिनिधिहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्