१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विद्रोह गरेका फुटबल खेलाडी भन्छन्– ‘प्रशिक्षकले छाडेर जान भनेपछि प्रशिक्षण छाडेका हौं’


3.289k
Shares

काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट विद्रोह गरेका खेलाडीहरूले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षण छाडेर जान भनेपछि आफूहरू छाड्न बाध्य भएको बताएका छन् ।

विद्रोह गरेका खेलाडीहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अल्मुताइरीले पटक–पटक क्याम्प छाडेर जान भनेपछि आफूहरू बाध्य भएर प्रशिक्षण छाडेको बताएका हुन् ।

खेलाडीहरूले प्रशिक्षकसँगको विवादबारे अखिल नेपाल फुटबल संघ (एन्फा)लाई जानकारी गराएको जानकारी गराएका छन् । एन्फा नेतृत्वले मिडियामा गलत अभिव्यक्ति दिएकोसमेत उनीहरूको आरोप छ ।

प्रशिक्षकसँग कुरा गर्न जाँदा पटक–पटक क्याम्प छोडेर जान भनेको उनीहरूको भनाइ छ । यसबारे टोली व्यवस्थापन र एन्फा नेतृत्वले समस्या सुल्झाउनुको साटो सार्वजनिक मिडियामा गलत अभिव्यक्ति दिएको उनीहरूको भनाइ छ ।