११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


यातायात विकास प्राधिकरण बनाउन लागिपर्छु : अध्यक्ष दाहाल


247
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले यातायात क्षेत्रका समस्या समाधान गर्नका लागि यातायात विकास प्राधिकरण बनाउन लागिपर्ने बताउनुभएको छ ।

बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको सपथ ग्रहण तथा पदस्थापना समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यातायात क्षेत्रको समस्या समाधानका लागि यातायात विकास प्राधिकरण बनाउन सकिने बताउनुभएको हो ।

प्राधिकरण बनाएमा समस्या समाधान गर्नका लागि राज्यको ध्यान केन्द्रीत गर्न सकिने भन्दै उहाँले यसको निम्ति आफुले ध्यान केन्द्रीत गर्ने बताउनुभयो । उहाँले सरकार र सत्तारुढ गबन्धनलाई पनि प्राधिकरण गठनका निम्ति ध्यान केन्द्रीत गराउने उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले गाडीको २० वर्षे अवधि राख्नु अवैज्ञानिक भएको बताउनुभयो । गाडीको अवस्था हेरेर त्यसको अवधि निर्धारण हुनुपर्ने बताउनुभयो । यसको लागि नीतिगत निर्णय गरेर कार्यान्वयन गराउने सम्बन्धमा शुक्रबार बिहान बस्ने गठबन्धनको बैठकमा ठोस प्रस्ताव लैजाने पनि उहाँले प्रतिवद्धता गर्नुभयो ।

उहाँले यातायात व्यवसायी, यातायात मजदुर र राज्य तिनवटै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, यातायात क्षेत्रमा देखिने समस्या समाधानमा आफ्नो ठाउँबाट सधैभरी भुमिका खेल्ने बताउनुभयो ।