१९ फाल्गुन २०८१, सोमबार | Mon Mar 3 2025


नामावली फिर्ता लिने आज अन्तिम दिन


117
Shares

काठमाडौं । निर्वाचन आयोगले मनोनयन दर्ता गराएका उम्मेदवारले मनोनयन फिर्ता गर्न चाहे आज साँझ पाँच बजेसम्मको समय तोकेका छ ।

फिर्ताको समय सकिएलगत्तै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकेको थियो ।

देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उम्मेदवारी दर्ता भएको थियो । ती उम्मेदवारीमाथि परेका दावी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ उम्मेदवारहरुको नामावली प्रकाशन गरेको थियो ।

आज शुक्रबार उम्मेदवारी फिर्ता लिन चाहनेले आफ्नो नाम फिर्ता लिइसकेपछि अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । शुक्रबार प्रकाशित भएको नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् । शनिबार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिका छ ।