१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गठबन्धनको निर्णय नमान्ने बागी उम्मेदवारमाथि कारवाहीको तयारी


2.873k
Shares

काठमाडौं । सत्ता गठबन्धन बैठकले विभिन्न स्थानीय तहमा आधिकारिक उम्मेदवारविरूद्ध उठेका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।

सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले आज शुक्रबार अपरान्ह ५ बजेभित्र बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो ।

मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय पुगेर निर्वाचन आयोगले दिएको समयभित्रै उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारलाई कारबाही गर्ने सत्ता गठबन्धनको तयारी छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले बागी उम्मेदवारलाई कारबाहीको चेतावनी दिएको छ ।

कहाँ–कहाँ बागी उम्मेदवारी परेको छ र आज अपरान्ह ५ बजेभित्र फिर्ता भए वा भएनन् भन्ने बुझेर कारबाहीका लागि शीर्ष नेताहरू तथा सम्बन्धित पार्टीलाई सिफारिस गर्ने समितिको तयारी छ ।

चितवनलगायत विभिन्न जिल्लामा गठबन्धनका उम्मेदवारविरूद्ध बागी उम्मेदवारी परेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताले पनि बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरिरहेका छन् ।