१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


म्यादी प्रहरीको मृत्यु


715
Shares

काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ ।

सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोठाको सबै झ्याल ढोका बन्द गरेर सुतेका रोकाया बिहीबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो ।

उनको मृत्युको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।