
Web Pic
काठमाडौं । चितवनको खैरहनी नगरपालिका–८ मगनी गाँउमा बिहीबार राति टेम्पो पल्टिँदा चालकको मृत्यु भएको छ ।
टुंगराबाट पर्सा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–०१ ह १६२१ नम्बरको टेम्पो अनियन्त्रित भई पल्टिँदा सोही नगरपालिकाको वडा नम्बर ९ बस्ने अन्दाजी ३५ वर्षीय लक्ष्मण बछाइको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा भरतपुर स्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खैरहनी चितवनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्