
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसका उम्मेदवार तथा रघुगंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष भवबहादुर भण्डारीविरुद्ध परेको उजुरी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन तालिका अनुसार मंगलबार उम्मेदवारविरुद्ध दावी विरोध गर्ने समयमा नेकपा एमालेबाट रघुगंगा गाउँपालिकाका अध्यक्षका उम्मेदवार प्रेम बहादुर कार्की र स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार सागर भण्डारीले वैशाख १३ गते उहाँ विरुद्ध सरकारी जग्गा अपचलन सम्वन्धि उजुरी दर्ता गराउनु भएको थियो ।
गाउँपालिकाका लागि व्यवस्थापन गरिएको जग्गा आफ्नो नाममा दर्ता गरेको र सो जग्गामा सरकारी लगानी गरेको भन्ने आरोपसहित उम्मेदवारी खारेजीको माग गर्दै कार्की र भण्डारीले निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराएको उजुरी उपर दावी नपुग्ने देखिएकाले स्थानीय निर्वाचन ऐन २०७३ को दफा २० बमोजिम भण्डारीको मनोनयन कायम रहने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्