३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


लोसपाको घोषणापत्र : घर-घरमा रोजगारी (पूर्णपाठ)


52
Shares

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा सो घोषणा पत्र सार्वजनिक गरिएको हो ।

घोषणा पत्रमा घर-घरमा रोजगारी, प्राथमिक शिक्षा, स्वास्थ्य, खानेपानी र विकास निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता घोषणा पत्रमा उल्लेख गरिएको पार्टीका अध्यक्ष ठाकुरले जानकारी दिनुभयो । उहाँले सीमा क्षेत्रको संवेदनशीलतालाई बुझेर त्यहाँका जनजीवनको सुरक्षा गर्नुपर्ने कुरालाई पनि घोषणा पत्रमा प्राथमिकता दिइएको स्पष्ट पार्नुभयो ।

घोषणा पत्रमा आर्थिक समानता र स्वतन्त्रता हुनुपर्ने पनि भनिएको छ ।

घोषणा पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने महत्वकांक्षी योजना उल्लेख गरिएको छ ।

जनकपुरलाई अन्तराष्ट्रिय स्तरको प्रदेश राजधानी बनाउने, वीरगंजलाई नेपालको आर्थिक कारोबार र व्यापारको प्रमुख केन्द्र बनाउने, विराटनगर, भैरहवा र नेपालगंजलाई नेपालको आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्ने, लुम्बिनीलाई बुद्ध धर्मावलम्बीहरुको लागि अन्तराष्ट्रिय तीर्थस्थल र ध्यान केन्द्र बनाउने कुरा पनि घोषणा पत्रमा समावेश गरिएको छ ।