
बर्दिया । कुटपिटबाट बर्दियामा एक जनाको ज्यान गएको छ ।
बढैयाताल गाउँपालिका–८ स्याउलीबजारका ४० वर्षीय मीनबहादुर घर्तीको कुटाइबाट छिमेकी ४७ वर्षीय बलबहादुर कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ ।
विवादको क्रममा घर्तीले कँडेललाई धकेल्दा आँगनमा राखिएको ढुङ्गामा टाउको ठोकिएको थियो ।
गम्भीर घाइते उनको बर्दिया अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज नर्सिङहोममा लगिएकोमा चिकित्सकले मृत घोषण गरेका थिए ।
कँडेललाई कुटपिट गर्ने घर्तीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्