
काठमाडौं । विराटनगर महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्की विरुद्ध परेको उजुरी खारेज भएको छ ।
कोसी अस्पतालको विकास समितिको सदस्यमा बहाल रहेको भन्दै परेको उजुरीमा कार्कीले राजीनामा गरेको कागजात पेश गरेपछि कार्कीविरुद्धको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो ।
कार्कीविरुद्ध जनता समाजवादी पार्टीबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उजुरी दर्ता गराउनुभएको थियो । उम्मेदवार कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख ११ गते स्वास्थ्य मन्त्रालयमा राजीनामा दिएको दाबी पेश गर्नुभएको थियो ।
तर, उपमेयरका अर्का उम्मेदवार यादवले कार्कीले कीर्ते कागजात पेश गरेको आरोप लगाउनुभएको छ । उहाँ उम्मेदवारी सदरको निर्णय विरुद्ध अदालत जाने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्