
काठमाडौं । हेटौंडा उपमहानगरपालिका-२ को वडा अध्यक्षमा उम्मेदवारी दिएका रवीन्द्र घिमिरेले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
नेपाली कांग्रेसले रवीन्द्र घिमिरे अर्का उम्मेदवार विष्णुगोपाल महर्जनलाई उम्मेदवारीको लागि टिकट दिएको थियो । महर्जनले पहिला नै उम्मेदवारी दिएपछि घिमिरेले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको थियो ।
घिमिरेले पत्रकार सम्मेलन नै गरेर पार्टीले आफूलाई अपहेलित गरेको भन्दै दुई जनालाई टिकट दिनेलाई कारबाहीको माग गर्नुभएको थियो । घिमिरेले शुक्रबार उम्मेदवारी फिर्ता लिनुभएको हो ।
घिमिरेलाई नेपाली कांग्रेस मकवानपुरका सभापतिले आमन्त्रित सदस्यमा मनोनीतसमेत गर्नुभएको छ । वडा अध्यक्षमा बागी उम्मेदवारी दिनुभएका कांग्रेसका अर्का नेता सुदि राजबाहकले भने उम्मेदवारी फिर्ता लिनुभएन ।
प्रतिक्रिया दिनुहोस्