२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


260
Shares

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ सिन्धुखोलामा शुक्रबार भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मेलम्चीबाट सिपाघाटतर्फ जाँदै गरेको बा७४प ७४८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रे मण्डन देउपुर नगरपालिका(६ का ४० वर्षीय इन्द्रबहादुर खड्काको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

मोटरसाइकल सडकबाट करिब ६५ मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ । बाइक अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने मेलम्चीका प्रहरी सहायक निरीक्षक सुरज थापाले जानकारी दिनुभयो ।