२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


सिद्धार्थ नगरमा कांग्रेस र माओवादीबीच तालमेल


299
Shares

काठमाडौं । रूपन्देहीको सिद्धार्थनगरमा अन्तत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ ।

उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा आएर कांग्रेस र माओवादीबीच तालमेल भएको हो ।

सत्तारुढ गठबन्धनको केन्द्र, प्रदेश र जिल्लाको भावनलाई आत्मसाथ गर्दै रुपन्देहीको सिद्धार्थ नगर नगरपालिकामा नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा तालेमेल गरेको नेपाली कांग्रेस सिद्धार्थ नगरका सभापति कोशिस बहादुर खड्काले जानकारी दिनुभयो ।

आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचमा चुनावी तालमेल गर्दै गठबन्धनको मेयरमा कांग्रेसबाट ईस्तियाक अहमद खान र उपमेयरमा माओवादीबाट कमला थापाको उम्मेदवारी रहने छ । यसअघि माओवादी मेयरमा मनिष कुमार जोसी र काग्रेसबाट पल्लवी न्यौपानेले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

प्रतिगमनलाई पराजीत गर्दै राष्ट्रियता, लोकतन्त्र, सविधानको रक्षाका लागी एकता आवश्यक रहेको भन्दै दुवै दल र उम्मेदवारहरुले एक आपसमा सहमति गरी सयुक्त गठबन्धनको मर्म अनुसार अगाडि बढ्ने निर्णय भएको नगर सभापति खड्काले बताउनुभयो ।

सहमती अनुरुप आफ्नो उम्मेदवारी फिर्ता लिँदै मेयरका उम्मेदवार जोसीले गठबन्धनका उम्मेदवारलाई जिताउनु सबैको दायित्व रहेको बताउनुभयो । चुनावी तालमेलसँगै गठबन्धनको जित थप शुनिश्चित भएको उहाँले बताउनुभयो ।

त्यस्तै, उपमेयरकी उम्मेदवार न्यौपानेले आफूले उम्मेदवारी फिर्ता गरे पनि आफूनै उम्मेदवार भएको सम्झेर गठबन्धनलाई जिताउन लागि पर्ने बताउनुभयो ।