
काठमाडौं । उद्योगहरुमा बिना सूचना दैनिक १२ घण्टा भन्दा बढी लोडसेडिङ भैरहेको भन्दै निजी क्षेत्रका संगठनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश एकले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्युत समस्याले उत्पादन प्रक्रिया नै अवरुद्ध हुँदै आएको भन्दै सहजीकरणका लागि सरकारको ध्यानाकर्षण गरेका हुन् ।
कुनै पनि तालिका सार्वजनिक नगरी पटक पटक विद्युत आपूर्ति वन्द गरिदिँदा उत्पादनको क्रममा रहेका कच्चापदार्थहरु खेर जानुका साथै श्रमिकहरुको व्यवस्थापनमा समेत कठिनाई उत्पन्नभएको उनीहरुले जनाएका छन् ।
यस्तो अवस्था रही रहेमा अति आवश्यक वस्तु लगायत सम्पूर्ण उत्पादन प्रकृयानै ठप्प भई आपूर्ति श्रृखंला अबरोध हुने तर्फ समेत सचेत गराएका छन् । नियमित विद्युत दिन नसक्ने भए विद्युत आपूर्तिको अवस्थालाई यथार्थ प्रस्तुत गरी लोडसेडिङ्गको तालिका अविलम्ब सार्वजनिक गरी उद्योग सञ्चालन प्रकृयामा सहजीकरण गरिदिन उनीहरुले आग्रह गरेका छन् ।
विद्युत आपूर्ति नियमित नहुञ्जेल विद्युत आपूर्तिको समस्या राष्ट्रिय समस्याको रुपमालिई औद्योगिक क्षेत्रमामात्रै विद्युतअवरुद्ध नगरी पिक आवरमा द्योग एवं गार्हस्थ्य सबै क्षेत्रमा समानुपातिक र न्यायोचितवितरण गर्नु पर्ने लगायतका सुझाब उनीहरुले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्