
काठमाडौं । नेपालले विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले शनिबारबाट जिम्बावेको ‘ए’ टोलीसँग तीन एक दिवसीय र तीन ट्वान्टी–२० श्रृंखला खेल्दैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने श्रृंखलामा जित निकाल्ने लक्ष्य सहित मैदान उत्रिने नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले बताएका छन् ।
बिहीबार खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले घरेलु मैदानमा हुने श्रृंखलामा सुःखद नतिजाका लागि खेल्ने बताएका हुन् ।
नेपालमा आयोजना हुन लागेको श्रृंखलाका लागि जिम्बावेको टोली नेपाल आइसकेको छ भने नेपाल क्रिकेट संघ (क्यान)ले एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
प्रशिक्षक पुबुदु दाशानायकेले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीले प्रतिस्पर्धा गर्न लागेको श्रृंखला अमेरिका टुरअघि अवसर भएको र गुणस्तरीय क्रिकेट खेल्ने मौका भएको बताए ।
यस्तै नेपाल भ्रमणका गरेका जिम्बावे टोलीका प्रशिक्षणका डौग्लास होन्डुले युवा टोली समेटेर श्रृंखलामा आएको भन्दै राम्रो नतिजाका लागि खेल्ने बताए ।
नेपाल भ्रमणका आएका खेलाडी राष्ट्रिय टोलीमा प्रतिस्पर्धा गर्ने भन्दै उदाउँदै गरेको भएको भन्दै उनले नेपालसँग खेल्न पाउँदा खुसी लागेको बताए ।
प्रशिक्षक होन्डुले भनेजस्तै जिम्बावे कप्तान टोनी मुनियोङ्गाले नेपाली टोलीसँग घरेलु मैदानमा खेल्दा नयाँ अनुभव हुने प्रतिक्रिया दिए । युवा टोली भएका नेपालसँग राम्रो गर्ने विश्वास व्यक्त गरे ।
श्रृंखला बैशाख १७ गते बाट हुँदैछ । १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहनेछ । एक दिवसीय श्रृंखला बैशाख १७ देखि २१ सम्म चल्ने छ भने ट्वान्टी–२० बैशाख २३ देखि २६ सम्म सञ्चालन हुने तालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्