१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सशर्त उद्योग सञ्चालन गर्न दिइने, किसानलाई बाली लगाउन नराेक्ने


0
Shares

काठमाडौं, चैत २० ।

सरकारले अत्याश्यक वस्तुको उत्पादन गर्ने स्वदेशी उद्योगहरूलाई सशर्त चलाउन दिने निर्णय गरेको छ।

त्यसका लागि उद्योगहरूले कामदारहरूलाई स्वास्थ्यका मापदण्ड पूरा गरेर उद्योगभित्रै राख्ने व्यवस्था गर्नुपर्ने छ। सहजीकरण गर्न स्थानीय सरकारलाई भनिएको छ ।

बिहीबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले किसानलाई बालिनाली लगाउन पनि नरोक्ने निर्णय गरेको छ ।

अहिले बाली काट्ने र रोप्ने बेला भएकाले किसानलाई अवरोध नगर्ने निर्णय बैठकले गरिएको हाे ।

किसानले स्थानीय श्रमिक वा परिवारको सदस्य प्रयोग गरेर कृषि कार्य गर्न पाउनेछन् । तर कृषि कामका लागि बाहिरी श्रमिक ल्याउन पाइने छैन ।

तामाकोसी, मेलम्ची लगायत ठूला आयोजनाले पनि बाहिरी आवागमन रोकेर आफूसँगै भएका कामदारमार्फत काम गर्नसक्ने निर्णय गरिएको छ ।

सरकारले ती ठूला आयोजनासँग अहिले ठूलो संख्यामा कामदार रहेको भन्दै बाहिरी आवगमनलाई रोकेर काम गर्न सक्ने बताएको हो ।