१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


नेपालले जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिजमा आज प्रतिस्पर्धा गर्दै


312
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शनिबार जिम्बावे ‘ए’ सँगको तीन एकदिवसिय सिरिजअन्तर्गत पहिलो खेल खेल्दैछ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो ।

खेल टियु क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने छ ।

शनिबार नेपाल जिम्बावेलाई हराउँदै सिरिजका सुखद सुरुवात गर्ने योजनामा रहेको छ । तर, टेस्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन ।

जिम्बावे ‘ए’ पनि नेपाललाई हराएर सिरिजमा विजयी सुरुवात गर्न चाहन्छ । नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो ।

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत दुवै खेलमा नेपाल पराजित भएको थियो । नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ सँग तीन खेलको एकदिवसीय सिरिजपछि तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ ।

एकदिवसीयपछि नेपालले टी–ट्वान्टी सिरिज खेल्नेछ । टी–ट्वान्टी सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ ।