३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


धरहरा उद्घाटन मात्रै, निर्माण सम्पन्न हुन अझै एक वर्ष लाग्ने


533
Shares

काठमाडौं । भूकम्पबाट भत्किएको ऐतिहासिक सम्पदा धरहराको उद्घाटन गरेको एक वर्ष पूरा भइसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गत वर्ष वैशाख २०७८ साल ११ गते नै धरहराको उद्घाटन गरेको थियो । धरहराकाे हतारमा उद्घाटन गरेका कारण अहिलेसम्म पनि सर्वसाधारणका लागि खुला हुन सकेको छैन ।

धरहरा पुनर्निर्माण अन्तर्गत अहिले पनि रंगरोगन, लाइटिङलगायतका काम जारी रहेको छ । धरहराको अन्डरग्राउन्ड पार्किङसमेत सम्पन्न हुन सकेको छैन । धरहराको टावरमुनि तीनतले भूमिगत पार्किङ बनाउने काम भइरहेको छ । खिचापोखरीबाट टुँडिखेल जोड्ने सडक निर्माणको नयाँ योजना पनि रहेको छ । जसको काम पनि बाँकी छ । बगैंचा, पार्क निर्माणको काम समेत बाँकी रहेको छ ।

निर्धारित समयमा पुनर्निर्माण सम्पन्न नभएपछि उद्घाटन गरेको एक वर्षपछि धरहराको पुनर्निर्माण म्याद फेरि करिब एक वर्ष थप्न लागिएकाे छ ।