१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


जम्मा ५ जनामा कोरोना संक्रमण


221
Shares

काठमाडौं । गत २४ घन्टामा जम्मा ५ जना कोभिड १९ का संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार २१४ जनामा गरिएको परीक्षणमा ५ जना संक्रमित भेटिएका हुन् ।

शनिबार १७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयको विवरणअनुसार हाल देशभर २ सय ३० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयको विवरणअनुसार हालसम्म नेपालमा ९५ प्रतिशतले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । हाल देशभर १ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।