१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बाढीले बगाएर अर्घाखाँचीमा बालिकाको मृत्यु


286
Shares

अर्घाखाँची । गएराति आएको बाढीले बगाएमार जिल्लामा एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर १ ढाकाबांगको बेसारे खोलामा आएको बाढीले बगाएर ८ वर्षीया शिवानी घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्युठानको मल्लरानी गाउँपालिका-२ की शिवानी आफ्नी दिदीको घर भूमिकास्थान नगरपालिका-१ आमडाँडा ढाकाबांग आउने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।

बालिकाको खोजी गर्दा स्थानीय र प्रहरीले गएराति फेला पार्न सकेका थिएनन् । शनिबार बिहान पुनः खोेजी गर्दा हिलोमा खुट्टा माथीपट्टी फर्किएको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीले शव निकालेर पोष्टमार्टमको लागि जिल्ला अस्पताल प्यूठानमा पठाएको छ । बाढीले जिल्लाका ५ घरमा क्षति पु¥याएको छ ।