१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रचण्डलाई कांग्रेस प्रवेश गर्न पोखरेलको सुझाव

माओवादी केन्द्रले कांग्रेसकै घोषणापत्र बोकेर हिँडिरहेको आराेप

351
Shares

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेस प्रवेश गर्न सुझाव दिनुभएको छ ।

माओवादी केन्द्रले स्थानीय चुनावको घोषणापत्र ल्याउन नसकेको भन्दै पोखरेलले दाहाललाई कांग्रेसमा जान सुझाव दिनुभयो । माओवादी केन्द्रले स्थानीय चुनावमा कांग्रेसकै घोषणापत्र बोकेर हिँडिरहेको उहाँको टिप्पणी थियो ।

वैशाख ३० मा हुने स्थानीय निर्वाचन सामान्य निर्वाचन नभएर लडाइँ भएको बताउँदै पोखरलेलले उक्त लडाइँ एमालेलाई जित्नैपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

लडाइँको नेतृत्व एकातिर केपी ओली र अर्कोतिर गठबन्धनकारी शक्ति खडा भएको उहाँको भनाइ थियो ।

एमालेका उम्मेदवारका विषयमा समीक्षा हुन सक्ने भन्दै पोखरेलले निर्वाचन सकिएपछि छलफल गर्न सकिने बताउनुभयो । उहाँले घोषणा पत्र अक्षरश पालना हुने दाबीसमेत गर्नुभयो ।

कार्यक्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विगतका मनमुटाव बिर्सेर एकतावद्ध भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।