२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्थानीय निर्वाचन नतिजा : ललितपुरमा कांग्रेसले खाता खोल्यो


5.447k
Shares

काठमाडौं । ललितपुरमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएसँगै नेपाली कांग्रेसले विजयको खाता खोलेको छ ।

जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर ७ मा दलित महिला वडासदस्यमा नेपाली कांग्रेसकी रमा रम्तेलले मात्र उम्मेदवारी दर्ता गरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम रम्तेललाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

स्थानीय तह निर्वाचनका लागि शुक्रबार निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर शनिबार चुनाव चिन्ह प्रदान गरेको छ । निर्वाचन बैशाख ३० गते शुक्रबार हुँदैछ ।