
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावे ‘ए’विरुद्ध खेल्ने टी–ट्वान्टी क्रिकेट सिरिजका लागि १७ खेलाडी छनोट गरेको छ ।
प्रशिक्षक पुबुदु दाशानायकेले सन्दीप लामिछानेको कप्तानीमा छनोट गरेका १७ खेलाडीको सूचीमा विकेटकिपर आशिफ शेख, रोहित पौडेल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख रहेका छन् ।
यस्तै, आदिश अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनाश बोहरा, सागर ढकाल, सोहब आलम, किशोर महतो, विवेक यादव, बश्मिर अहमद, लोकेश बम र भीम सार्की टी–ट्वान्टी खेलाडीको सूचीमा समेटिएका छन् ।
यसअघि शनिबारदेखि एक दिवसीय सिरिज सुरु हुने भनिए पनि वर्षाका कारण खेल स्थगित भएको थियो । खेल स्थगित भएसँगै क्यानले नयाँ खेलतालिका सार्वजनिक गर्दै टी–ट्वान्टी खेल्ने खेलाडीको सूची निकालेको हो ।
आईसीसी विश्वकप लिग–२ को अमेरिकामा हुने त्रिकोणात्मक खेलअघि नेपालले जिम्बावेसँग तीन एक दिवसीय र तीन टी–ट्वान्टी सिरिज खेल्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्